खेल ताजा खबर News

नेपालकप फुटबलमा दुई विभागिय टोली नेपाल पुलिस र आर्मी भिड्ने

नेपालकप फुटबलमा दुई विभागिय टोली नेपाल पुलिस र आर्मी भिड्ने

Nepalcup साउन ३१ । चितवनमा जारी नेपाल कप फुटबलको फाइनलमा नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव आमने सामने हुने भएका छन् । खेलको दोश्रो मिनटमा नै दिनेश राजबंशीले गरेको एक मात्र गोलको मद्दतमा पुलिसले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै आर्मीसँगको फाइनल भिडन्त पक्का गरेको हो । स्पोर्टस् फर अल नेपालको आयोजनामा आईतबार भएको निकैनै तनावपूर्ण खेलमा दुवै तर्फबाट गोलको लागि थुप्रै प्रयास खेर गएको थियो । खेलको सुरुवातमै एक गोलले पछि परेको अवस्थाबाट फर्किन प्रयासमा रहेको एपिएफका आदित्य चौधरीले खेलको १३ औं मिनटमा हानेको फ्रि किक पोष्टमा लागेर बाहिरिएको थियो ।

यस्तै १६ औं मिनटमा प्रहरीका रवी पासवानले हानेको बललाई गोल रक्षक अमृत चौधरीले बचाएका थिए । चितवनको क्याम्पाचौरमा भएको प्रतिस्पर्धामा दोश्रो हाफको १२ औं मिनट एपिएफका रञ्जन बिष्टले गरेको हेड गोल पोस नजिकबाट बाहिरिएको थियो ।

खेललाई बरावरीमा ल्याउन प्रयासरत रहेको एपिएफका लागि खेलको दोश्रो हाफको १८ औं मिनटमा अञ्जन बिष्टले पोस नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । खेलको दोश्रो हाफको ४३ औं मिनेटमा अञ्जन बिष्टले दुई पहेलो कार्ड पाए पछि रेफ्रि सुरज मानन्धरले रातो कार्ड दिएका थिए ।

Nepal Cup

विशेष