बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु


यसका लागि स्थानीय स्तरमा सोही विद्यालयका पूर्वविद्यार्थी इन्जिनियर कृष्णहरि बुढाथोकीको संयोजकत्वमा नौ सदस्यीय सहयोग समिति गठन गरी समितिलाई विद्यालय पुनःसञ्चालनका लागि विद्यार्थी खोज्ने र साधन, स्रोत जुटाउने तथा विद्यालय पुनः सञ्चालनको भावी योजना निर्माण गर्ने जिम्मेवारी दिएको जानकारी दिए ।
कार्यक्रममा समितिका संयोजक बुढाथोकीले विद्यालयलाई भागबन्डा गर्ने थलो बनाउन नहुने औँल्याउँदै स्थानीय राजनीतिक दलका नेता, बुद्घिजीवी, समाजसेवी र अभिभावक सबै एकजुट भएर अघि बढे यस विद्यालयलाई पुनःसञ्चालन गर्न सकिने बताए ।
School