ताजा खबर News

बिपी कोइराला क्यान्सर अस्पतालको अवस्था सुधारोन्मुख

बिपी कोइराला क्यान्सर अस्पतालको अवस्था सुधारोन्मुख

bharatpur-cancer-hospital

साउन ३१ । अस्तव्यस्त बनेकोे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्थानीय प्रशासनको हस्तक्षेप पछि विस्तारै सुधार हुँदै गएको छ । गत जेठ पहिलो साता अस्पतालमा विचौलिया नियन्त्रणबाट थालिएको सुधार अभियान दुई महिना कट्दा नकाट्दै यसको प्रभाव सकारात्मक देखिएको हो । अस्पतालमा बिरामी छिर्न नपाउँदै विचौलिया तान्न आइपुग्ने, अस्पतालको कार्यालय समयमा चिकित्सक र कर्मचारी नबस्ने, स्वयम् चिकित्सक कर्मचारी विचौलियासँग मिलेमतो गरी आफ्नो निजी अस्पताल, क्लिनिक, फार्मेसी, ल्याबमा बिरामीलाई जान दबाब दिने, अस्पतालका उपकरण बिगारेर निजीमा सिफारिस गरी रकम असुल्ने जस्ता गतिविधिका कारण अस्पताल अस्तव्यस्त भएको थियो ।

स्थानीय प्रशासनले बाहिरी विचौलियासँगै अस्पतालभित्रैका पाँच जना कर्मचारीलाई विचौलियाको काम गर्दागर्दै पक्राउ गरी मुद्दा चलाएको थियो । त्यस यता नियमित रुपमा स्थानीय प्रशासनले निगरानी गरिरहेको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुन स्थानीय प्रशासनको सहयोगपछि अस्पतालमा धेरै सुधार आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “पहिले दैनिक बढीमा रु तीन लाख आम्दानी हुन्थ्यो, अहिले दैनिक रु छ लाख ७५ हजारसम्म आम्दानी पुगेको छ ।” एमआरआइ मेसिन बिग्रिएको छ, बनेपछि आम्दानी थप रु एक लाख बढ्ने पुनले बताए ।

BPKISH Dharan Dharan

विशेष