राजनीति News

संविधान संसोधन गर्नुपर्नेमा नयाँ शक्तिका संयोजक भट्टराईको जोड

संविधान संसोधन गर्नुपर्नेमा नयाँ शक्तिका संयोजक भट्टराईको जोड

Babu

साउन ३१ । नया शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेकाले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले भन्नुभयो “संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्छ ।” तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ, डा भट्टराईले भन्नुभयो – “कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।” म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्छ उहाँले भन्नुभयो ।

संविधान बनेपछि सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने उहाँको धारणा थियो । सञ्चारकर्मीको एक जिज्ञासमा उहाँले भन्नुभयो “नयाँ शक्ति नेपाल सङ्गठन विस्तारकै क्रममा रहेको र आगामी तीन महिनाभित्र अहिले रहेको सदस्य संख्याको दोब्बर संख्या पु¥याउने लक्ष्य राखेको छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई सुनिश्चित गरेर संरक्षित र विशेष क्षेत्रहरुलाई पुरानो शैलीबाट हटाएर लैजानुपर्छ उहाँले भन्नुभयो “विकास निर्माण र आर्थिक क्रान्ति गर्नु नै नयाँ शक्तिको मुख्य एजेन्डा हो ।”

विशेष