News

काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना

काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना
साउन– ३१ काठमाडौंबाट मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नं को बस काभ्रेको विर्ता देउरालीमा दुर्घटना भएको छ । दुर्घटनामा धेरै हताहती भएको स्थानीयबासीले बताएका छन् । कोलातीको खहरेमा बस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको र इलाका प्रहरी कार्यालय विर्ता देउराली र फलाटेबाट प्रहरीको उद्धारटोली घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुर्घटनामा केही यात्रु घाइते भएपनि विस्तृत विबरण आउन सकेको छैन ।  

विशेष