News

सिडियो सहितको टोली घटना स्थल तर्फ जाँदै

सिडियो सहितको टोली घटना स्थल तर्फ जाँदै
साउन – ३१ । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोलामा दुर्घटना भएको छ । घटनाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसहितको सहितको टोली घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकार पन्थीले नेपाल आजलाई बताए । दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अन्य ३० भन्दा बढी घाइते भएका छन् । बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको बताइएको छ । बसमा करिब ८० जनाभन्दा बढी यात्रु भएको अनुमान गरिएको छ । प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसकेको छ ।

Bus accident Kavre

विशेष