मृत्यु हुनेको संख्या २७ पुग्यो

साउन – ३१ । खहरेखोलामा भएको भयानक यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको सांसद राम हरी सुवेदीले जानकारी दिएको छन् । काठमाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बस विर्ता देउराली ७ को खहरेखोलामा दुर्घटना भएको हो ।
घटनाको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीसहितको सहितको टोली घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकार पन्थीले नेपाल आजलाई बताए ।
घटना स्थल काभ्रेको जोखिम युक्त ठाउँ बताइन्छ । सामान्य मानिसहरुलाई यो बाटोमा हिँड्दा पनि डल लाग्ने सांसद सुवेदीको भनाइ छ । दुर्घटना के कारणले भयाे भन्ने खुल्न सकेकाे छन् ।
अन्य ३० भन्दा बढी घाइते भएका छन् । बा २ ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । दुर्घटना भएको बस सडकबाट २ सय मिटर तल झरेको बताइएको छ । बसमा करिब ८० जनाभन्दा बढी यात्रु भएको अनुमान गरिएको छ । प्रहरी घटना स्थलमा पुगेर उद्धारमा लागिसकेको छ ।
Accident
Kabhre