News

तत्काल उद्धार थाल्न प्रमको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

तत्काल उद्धार थाल्न प्रमको निर्देशन, सेनाको हेलिकप्टर परिचालन

साउन - ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले गृह मन्त्रालयलाई उद्धार कार्यका लागि तत्काल हेलिकप्टर पठाउन निर्देशन दिए । “दुर्घटना भएको खबर पाएलगत्तै प्रधानमन्त्रीले घटनाप्रति दुःख व्यक्त गर्नुभयो र हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभयो” – प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सल्लाहकार आचार्यले भने। प्रधानमन्त्रीको निर्देशनलगत्तै गृह मन्त्रालयले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ पठाएको छ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी नेपालले नेपाली सेनाको एमआई १७ हेलिकप्टर घटनास्थलमा पुगिसकेको जानकारी दिए । उनका अनुसार हालसम्म ३१ जनाको मृत्यु र अरु ३५ जना घाइते भएको सूचना प्राप्त भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ । स्थानीय प्रशासनलाई घाइतेलाई हेलिकप्टर बस्न सक्ने ठाउँसम्म ल्याइपु-याउन आग्रह समेत गरिएको थाहा भएको छ ।

Bus accident

विशेष