News

४० जना घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइयाे, अन्यकाे सेनाकाे हेलिकप्टरद्वारा उद्धार गरिदै

४० जना घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइयाे, अन्यकाे सेनाकाे हेलिकप्टरद्वारा उद्धार गरिदै

साउन –  ३१ काेशीपारी सडकखण्डमा बस दुर्घटनामा ३१ जनाको मृत्यु भएकाे छ भने ४० जना घाइते भएकाे प्रहरीले पुष्टी गरेकाे छ । नेपाल सेनाकाे हलिकप्टले घाइतेकाे उद्धार कार्य भइरहेकाे छ । बिर्तादेउराली–९ कोशीपारी सडकखण्डमा काठमाडौंबाट कात्तिके देउरालीतर्फ जाँदै गरेको बा.२ ख १०६ नम्बरको बस सोमबार अनियन्त्रित भई सडकबाट करीव ५ सय मिटर तल खहरे खोलामा खसेकाे थियाे । बसमा करीव ७० जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।  मध्ये ३१ जनाको घटनास्थलमै मृत्यु भएको छ भने र ४० जना घाइते भएका छन् ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कात्तिके देउराली, प्रहरी चौकी फलाटे तथा दोलालघाट र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षक तथा प्रमुख जिल्ला अधिकारी सहितको टोली खटी गई उद्धार कार्य भइरहेको छ । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएको छ भने अन्य घाइतेलाई हेलिप्याडतर्फ लैजाने कार्य भइरहेको छ ।

Bus accident Kabhre

विशेष