सेनाको हेलीकोप्टरले २६ घाइतेलाई उपचारका लागि काठमाडौं ल्यायाे

साउन- ३१ काभ्रेकाे बिर्ता देउरालीमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ३३ पुगेकाे छ । ३६ भन्दा वढी घाइते भएका छन् । नेपाली सेनाको हेलीकोप्टरले २६ घाइतेलाई उपचारका लागि काठमाडौं ल्याएको हो । बाँकी घाइतेलाई उपचारका लागि एम्बुलेन्समा काभ्रे सदरमुकाम धुलिखेल पठाइएको बताइएकाे छ । कच्ची उकालो बाटोमा चढ्दै गरेको बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जानकारी दिएकाे छ ।
उकालोमा चढ्दै गरेको बस एक्कासी पछाडि सरेपछि चालकले नियन्त्रण गर्न खोज्दाखोज्दै बस सडकबाट तीनसय मीटर तल खसेको बताइएकाे छ ।
दुर्घटनाको समाचार सुन्ने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहालले घाइतेको उद्धारका लागि हेलिकोप्टर पठाउन मुख्यसचिव सोमलाल सुवेदीलाई निर्देशन दिएका थिए । लगत्तै उडेको घाइतेहरुको काठमाडौंको शिक्षण अस्पताल र बीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
Kabhre kabhrepalanchok