News

यसरी भयो काभ्रेको विर्तामा ३३ जनाकाे ज्यान जाने गरी भयानक बस दुर्घटना

यसरी भयो काभ्रेको विर्तामा ३३ जनाकाे ज्यान जाने गरी भयानक बस दुर्घटना
Accient 4 साउन – ३१ काठमाडौंबाट काभ्रेको कोशीपारी सडकखण्डा हुँदै कात्तिके देउराली जाँदै गरेको बा२ख १०६ नम्बरको बस विर्ता देउराली भन्ने ठाउँमा दुर्घटना भयो । उक्त बसमा करिब ७० जना सवार रहेको अनुमान गरिएको छ ।पछिल्लो जानकारी अनुसार बसमा सवारमध्ये ३३ जनाको ज्यान गइसेको छ । त्यस्तै उक्त घटनामा ४३ जना घाइते भएका छन् । २८ जनालाई सेनाको हेलिकप्टरको साहेताले काठमाण्डौ ल्याइएको छ । १८ जनालाई ट्रमा सेन्टर र १० जनालाई टिचिङमा राखेर उपचार गरिदै छ । त्यस्तै १५ जनालाई धुलिखेल अस्पतालमा पु-याइएको छ । घाइतेको नेपाली सेना, प्रहरी, स्थानीय लगाएतले उद्धार गरिरहेका छन् ।

दुर्घटना यसरी भयाे

बसमा खचाखच यात्रु भएकाकारणले बस ओभर लोड भइसकेको थियो । त्यसैले ड्राइभरले बस निकै विस्तारै बस निकै विस्तारै हाँकेका थिए। बस काभ्रेको कोशीपारी सडकखण्डको बिर्ता देउरालीको उकालो चढ्दै थियो । अप्ठ्यारो बाटो भएकाले बसलाई उकालो चढ्नै मुस्किल परिरहेको थियो । एक नम्बर गेयरमा चलाइएको बस उकालोको बीचतिर पुग्दै लाग्दा एकाएक पछाडि हट्यो । त्यहीबीचमा ड्राइभरले सहचालकलाई पछाडिको चक्कामा ढुंगा हालेर अड्याउन भनेपछि हतारहतार सहचालकले ढुंगा त हाले तर त्यसले थेग्न नसकेपछि बस भीरतर्फ मोडियो । त्यसपछि बस भीरबाट २०० मिटर तल छर्याे । छतमा सवार मध्ये एक दुइ जनाले हाम फालेर ज्यान बताउन सके । दुर्घटनामा अनेरास्वयूकी सचिव यशु लामा पनि परेकी छन् । उनको अवस्था गम्भीर रहेको अनेरास्वयू अध्यक्ष नविना लामाले जानकारी दिइन । त्यस्तै, रामहरी सुवेदीले पनि त्यो बाटो एक्दमै समस्यापूर्ण रहेको बताउँछन् । भिरालो जमिन ओभर लोड नै दुर्घटनाको प्रमुख कारण रहेको उनको बुझाइ छ ।

road accident

विशेष