ताजा खबर विदेश News

यमनको अस्पतालमा हवाई आक्रमण ११ जनाको मृत्यु

यमनको अस्पतालमा हवाई आक्रमण ११ जनाको मृत्यु

साउन ३२ । यमनमा एक परोपकारी संस्थाले सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण भएको छ । परोपकारी संस्था मेडिसिन सान्स फ्रोन्टियर्स एमएसएफले यमनको उत्तरी क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा हवाई आक्रमण हुँदा ११ जनाको ज्यान गएको छ ।

हज्जाह प्रान्तमा रहेको अस्तालमा भएको आक्रमणमा अन्य १९ जना घाइते भएको एमएसएफलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्ध सेनाले हवाई आक्रमण गरेको अनुमान छ । गठबन्धन सेनाले हुती बिद्रोही विरुद्धको कारबाहीमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ ।

Yaman

विशेष