राजधानीका सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोरमै बेचिन्छ म्याद गुज्रिएका खाद्य पदार्थ
साउन ३२ । आपूर्ति ब्यवस्थापन बिभागले राजधानीका विभिन्न ठाउँमा रहेका डर्पाटमेण्टल स्टोर र केही खाद्यन्न गोदामहरुमा छापा मारी शिलबन्दी गरेको छ । राजधानीका सुविधा सम्पन्न भनिएका डिर्पाटमेण्टल स्टोरहरुमा नै म्याद गुज्रिएका र अखाद्य बस्तुहरु फेला परेको छ । उपसचिव लवराज जोशीको नेतृत्वमा रहेको अनुगमन टोलीले सोमवार राजधानीको बानेश्वर शान्तिनगरस्थित बिग मार्ट सुपरमार्केटमा अनुगमन गर्दा म्याद सकिएका पुराना र आखाद्य बस्तु भेटिएपछि सिलबन्दी गरेको छ । राजधानी भित्र खुृलेका ठुला र आधुनिक भनिएका डिर्पाटमेण्टल स्टोरमा समेत उपभोक्तालाई ठगी गर्ने नियत देखिएको छ ।
डिर्पाटमेण्टल स्टोरले ब्यवसायिक कागजपत्र समेत नराखेको र बढी मूल्यमा बिक्री गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । डिर्पाटमेण्टल स्टोरमा समेत अखाद्य बस्तु भेटिएको भन्दै उपभोक्ताहरुले आक्रोश ब्यक्त गरेका छन् । अनुगमन टोलीले मेघा मार्ट प्रालिको कालोपुलस्थित गोदाममा समेत शिलबन्दी गरेको छ । अनुगमनको क्रममा केही खाद्य गोदामहरुमा म्याद नाघेको बस्तुहरु र मिति उल्लेख नभएको बस्तुहरु राखिएको भेटिएको अनुगमन टोलीले जनाएको छ ।
राजधानीको सुविधा सम्पन्न र स्तरिय भनिएका डिर्पाटमेण्टल स्टोरहरुमा नै अखाद्य बस्तुहरु भेटिएपछि आपूर्ति ब्यवस्थापन बिभागले अन्य डिर्पाटमेण्टल तथा मार्टहरुमा कडा निगरानी राखी अनुगमन शुरु गर्ने जनाएको छ ।
Bigmart Nepal Department Store nepal