News

राष्ट्रपति उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान

राष्ट्रपति उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान

bidhya devi bhandari

साउन ३२ । जिल्ला कृषि विकास कार्यालय सप्तरीले आर्थिक वर्ष २०७२-७३ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार सोमबार वितरण गरेको छ ।  सो कार्यालयले आयोजना गरेको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार, २०७२’ पुरस्कार वितरण समारोहमा यस जिल्लाभरिबाट प्रथम हुने तरकारी बालीबाट हनुमाननगर–७ निवासी कृष्ण विहारी मेहता, द्वितीय हुने पशुपालनबाट बकधुवा–८ निवासी कृतिप्रकाश तिवारी र तृतीय पुरस्कार प्राप्त गर्ने फलफूलतर्फ कागतीबालीबाट पत्थरगाडा–६ निवासी भागवत यादवसहित तीनजनालाई जनही रु दश हजारका दरले राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी, माछा, बाली उत्पादन र कृषक समूह प्रतियोगितामा प्रत्येक विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने २० जना कृषकलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु ५०० का दरले नगद पुरस्कार तथा प्रमाणपत्रसमेत वितरण गरिएको बाली संरक्षण एवम् सूचना अधिकृत दिनेशप्रसाद यादवले बताए ।

Krisak

विशेष