समुन्द्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घण्टापछि जिवितै उद्धार
साउन ३२ । पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घण्टापछि जिवितै उद्धार गरिएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सांघाईकी फान नाम गरेकी महिला जहाँजबाट खसेकी थिइन् । उनी जहाजको चौथो ‘डेक’ बाट खसेकी थिइन् । जुन करिब ७ तले भवन जति अग्लो थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार समुन्द्रमा खसेकी उनले सुरुमा समाउनको लागि केही पाएकी थिइनन् । र, पानीमा बगेकी थिइन् । जब उनले माछा मार्ने एक जहाँज भेटिन् ।
जहाँजमै रहेका फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी रोएको थाहा पाएका थिएनन् । उनी लामो समय समुन्द्रमा डुव्दा पनि सकुशल रहेन सकेकामा सामाजिक सञ्जालहरुमा आश्चर्य व्यक्त गरिएको छ । जसलाई चमत्कारको संज्ञा दिइएको छ ।
chinese woman Rescue from sea