कभर स्टोरी राजनीति समाज

प्रचण्ड–प्रकाशको विरोध गर्ने नेतृ संगठनबाटै आउट

प्रचण्ड–प्रकाशको विरोध गर्ने नेतृ संगठनबाटै आउट

Nepal1 एकीकरणमा बादल पक्षबाट नेकपा माओवादी केन्द्रमा आएकी अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सावित्री सुवेदीलाई पार्टी नेतृत्व र नीति विपरितको अभिव्यक्ति दिएको भन्दै सादरण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले विज्ञप्ति जारी गरी सामाजिक संजालमा पार्टी नीति विपरित अभिव्यक्ति दिएकाले कारवाही गरिएको जनाएका छन् ।

122

नेपाल आजसँग कुरा गर्दै न्यौपानेले केन्द्र तहमा पुगिसकेको व्यक्तिले अमर्यादित शब्द बोल्दा नकारात्मक सन्देश जाने र संगठनको अनुसाशन र मर्यादा विपरित हुंने हुंदा कारवाही गरिएको बताएका छन् ।

के लेखिन् सावित्रीले

1

सावित्रीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सन्दर्भमा हत्यारा प्रधानमन्त्री बन्न लागेको टिप्पणी गरेकी थिइन् । सबैभन्दा कडा टिप्पणी उनले अध्यक्ष प्रचण्डका छोरा प्रकाशप्रति गरेकी थिइन् । उनको वैवाहिक जीबनलाई लिएर उनले प्रकाशलाई छाडा छाडेको साँडेको संज्ञा दिएकी थिइन् ।

Himalki xori

यि सबै स्टाटसको हिसावकिताव माओवादीजनले नजिकबाट राखिरहेका थिए । तर, यसैको बाहनामा कारवाही गर्दा विषय झन गम्भीर बन्ने बुझाइ बनेको थियो । यस्तैमा राधिका तामाङ र धनमाया बिकलाई माओवादीले राज्यमन्त्री बनाएपछि सावित्रीले अर्को कडा स्टाटस लेखिन् । जसमा भनियो, ‘भोटिनी र कमिनीले राज्यमन्त्री पाए । अब त दलित र जनजातिले निकम्बा सरकार मुर्दाबाद भन्ने दिन गए । आरक्षण खारेज गर ।’

prachanda

यो स्टाटस लेखेलगत्तै उनीमाथि कारवाही गरियो । सावित्रीको स्टाटस सामाजिक संजालमा व्यक्त गर्न अनुपयुक्त शैलीको भएकोमा दुई मत छैन । उनले व्यक्तिमाथि घृणा र जातिय विद्वेष फैलाउने गरी स्टाटस लेखेकी थिइन् । तर, यो भन्दा निम्न स्तरको स्टाटस प्रकाशको पक्षमा लेखेका अस्मित सिंहमाथि कारवाही हुन्छ ? माओवादीभित्र प्रश्न उठेको एक नेताले बताए ।

के लेखे अस्मित सिंहले

माओवादीको विदेश विभागको  जन प्रगतिशील मञ्च मलेशियाका नेता अस्मित सिंहले प्रकाश दाहालका बारेमा प्रश्न उठाउन नपाइने भन्दै आपत्तिजनक स्टाटस लेखेका छन् । उनले खुलेयाम भनेका छन्, १० ओटा विवाह र धेरै केटिसंग सारिरिक सम्बन्ध राख्ने मन छ । नेपाली समाजमा यो मान्य छ । प्रकाश दाहालको विरोध गर्ने चुतियाहरु कुकुर हुन ।’

22

मलेशियाको माओवादी शाखाको नेतृत्वमा रहेका अस्मित सिंहले ठाडै भनिदिए १० ओटी विवाह गर्न र धेरै केटी सँग विहे गर्न छुट छ । के यो माओवादी नीति हो ? यो प्रश्न नेपालआजले माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाललाई गरेको थियो । उनले यसबारेमा अध्ययन गरेरमात्र जवाफ दिन सक्ने जनाइन् ।

१० ओटी विहे गर्न पाइने र धेरै वटीसँग सुत्न मन भएको चाहना सार्वजनिकरुपमै व्यक्त गर्ने अस्मित सिंहले कभर फोटो भने प्रधानमन्त्री प्रचण्डको राखेका छन् । पार्टी नेता नारायणकाजी श्रेष्ठ मलेसिया पुगेर सिंहसहितकाे कमिटि गठन गरेका थिए ।

Maosist Kendra Prachanda prakash dahal Sabitri Subedi

विशेष