विदेश

जहाँ ४ वर्षीय बालक वृद्धजस्तो देखिएपछि

जहाँ ४ वर्षीय बालक वृद्धजस्तो देखिएपछि
cild साउन ३२ । वंगलादेशका बेजिद सिकदर हजुर बुबासँग फुटबल खेल्न निकै मन पराउँछन् । तर चार यी बालक आफ्नै हजुरबुवा भन्दा अझै बृद्ध देखिन्छन् । वंगलादेशको मगुरा गाँउका उनको छाला चाउरी नै परेको छ । जन्मिदादेखि नै उनको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या देखिने गरेको छ । उनको समस्यालाई लिएर सिकदरका अभिभावक चिकित्सक कहाँ धाएका छन् तर कुनै उपचार हुन सकेको छैन । ‘हामी धेरै चिकित्सक समक्ष पुग्यौ । तर कसैले पनि रोगको कारण पत्ता लगाउन सकेन,’ बालकका बाबु लभ्लु होससेन सिकदरले गुनासो गरे । उनलाई प्रोगेरिया भएको हुन सक्ने केही चिकित्सकले अनुमान गरेका छन् । उनको कलेजो र किड्नीले काम गर्न छोडेको छ । तर बेजिद मानसिक रुपमा भने अन्य बालबालिका झै फूर्तीला छन् । उनी खेल्न रुचाउँछन् । तथापी अरु साथीले उनको अनुहार देखेर खिल्ली गर्छन । ‘उसको अस्वभाविक अनुहार देखेर बारम्बार बालबालिकाले खिल्ली गर्छन, त्यही भएर उ बाहिर निस्कन मन पराउदैन,’ बालककी आमा भन्छिन् । संसारभर उनी जस्ता २०० बालबालिका रहेका छन् । एजेन्सी

banglaesh ma anautho balak child

विशेष