ट्याक्सी नै फ्रिमा ? नझुक्किनुहोस् तथ्य यस्तो छ (भिडियो सहित)
यातायात विभागले गोलाप्रथाबाट १५ सय ट्याक्सी खरिद गर्न भन्सार छुट सहित सहुलियत दरमा खरिद गर्ने मौका दिएको छ । नेपालका १४ वटा भूकम्प प्रभावित जिल्लाहरुका मानिसहरुलाई लक्षित गरेर १५ सय ट्याक्सीको दर्ता नम्बर दिन लागि आवेदन खोलिएको हो । साउन ५ गते सुरु भएको उक्त आवेदनको अन्त्य भाद्र २ गते हुने यातायात विभागका प्रशाशन प्रमुख हरि प्रसाद लामिछानेले बताए ।
आम जनतामा विभागले गोलाप्रथाबाट ट्याक्सी नै दिने कुराको भ्रम रहेको छ । ‘बाबु यहाँ ट्याक्सी नै फ्रिमा दिने रे, आवेदन कता दिने हो’ भन्दै आवेदन दिन आएका भूकम्प पीडित एक वृद्धले भने । उक्त भ्रमलाई चिर्दै प्रशासन प्रमुखले नेपाल आजसगँको कुराकानीमा भने, ‘उहाँहरुले ट्याक्सी पाउने हैन, यो विषयमा ट्याक्सी ल्याउने विषयमा भन्सार छुट पनि छैन, उहाँहरुले नम्बर पाउनुहुनेछ पाइसकेपछि उहाँहरुले पैसा लगानी गरेर ट्याक्सी खरिद गर्न सक्नुहुन्छ ।’ उनले थपे आवेदन दिनेको संख्या आज एक लाख नाघि सकेको छ । मानिसहरुको चाप र भिड त्यसमाथि पनि सानो कम्पाउण्ड परिसरले गर्दा काम गर्न धपेडि निकै भएको उनले बताए । कामको रापले विहान उज्यालो भएदेखि बेलुकीसम्म यातायातका कर्मचारी काममा लागि परिरहेको प्रशाशन प्रमुखको भनाई छ ।
अहिले ट्याक्सी किन्छु भनेर अहिल्यै किनिहाल्न पाइदैन । सर्वप्रथम नम्बर प्लेट खरिद गरेर त्यो नम्बरमा ट्याक्सीको नम्बर हालेर ट्याक्सी धनिले चलाउन सक्छन् । ट्याक्सीको नम्बर अनिवार्य रुपमा पहिला लिनुपर्ने हुँदा यातायातले भूकम्प पिडितलाई नम्बरको लागि चिठ्ठा खोलेको हो । प्रशाशन प्रमुखका अनुसार सोचेको भन्दा बढि आवेदन आएकाले यसको काम अझै बाँकी रहेको र चिठ्ठा खोल्ने निर्णय भइसकेको भने छैन । आवेदन दिनेको संख्या धेरै नै भएका कारण चिठ्ठा छान्न गोलाप्रथाबाट सम्भव नहुनाले विभागसँग समन्वयन गरेर निर्णय गर्ने उनको भनाई छ ।
आवेदन दिनका लागि काउन्टर थपिएका कारण अहिले पहिलेको भन्दा सजिलो भएको आवेदन दिन आएका सर्वसाधारणले बताए ।
[embed]https://youtu.be/JSri0-FN1S4[/embed]
प्रस्तुतीः कञ्चन न्यौपाने
bhukampa piditko taxi aabedana
hari prasad lamichhane talks about the taxi distribution
taxi free?