क्युवाका १५ कैदीलाई युएइको जेलमा स्थानान्तरण गरियो
साउन ३२ । अमेरिकाले विभिन्न मुद्दामा सजाय भुत्तान गरिरहेका १५ जना कैदीलाई युनाईटेड अरब एमिरेट्स युएईमा स्थानान्तरण गरेको छ । क्युबास्थित ग्वान्टानामो बन्दीगृहका १५ जना कैदीलाई स्थानान्तरण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती कैदीमध्ये १२ जना यमनका र ३ जना अफगानिस्तानका नागरिक भएको पेन्टागनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकालमा सबैभन्दा धेरै कैदीबन्दीलाई स्थानान्तरण गरिएको हो । पछिल्लो पटकको कैदी स्थानान्तरणसँगै अमेरिकाको जलसेनाको सो बन्दीगृहमा अब ६१ मा मात्र कैदी बाँकी छन् । सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि खुलेको सो बन्दीगृहमा ७ सय भन्दा बढी मानिसलाई राखिएको थियो । राष्ट्रपति ओबामाले आउँदो नोभेम्बरमा आफ्नो कार्यकाल सकिनु अघि नै बन्दीगृह बन्द गर्ने योजना सार्वजनिक गरेपनि केहीले सोको बिरोध गर्दे आएका छन् ।
Cuba