News

घाइतेलाई भेट्न ओली धुलीखेलमा

घाइतेलाई भेट्न ओली धुलीखेलमा
kp-oli-kabhre-accident-3_FCbFeCyq8N साउन ३२ । सोमबार काभ्रेको बिर्ता देउरालीमा भएको बस दुर्घटनाका पीडितहरुलाई भेट्न नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार काभ्रे पुगेका छन् । दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमार्टमका लागि राखिएको शिर मेमोरियल अस्पताल धुलिखेल र घाइतेहरुको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर ओलीले घाइतेहरुसँग भेट गरेका छन् । भेटका क्रममा ओलीले काभ्रे दुर्घटना अत्यन्तै दुःखद् भएको भन्दै मृतकहरुप्रति श्रद्धात्र्जली व्यक्त गर्दै मृतकका आफन्तप्रति समवेदना व्यक्त गरेका छन् भने धैर्यधारण गर्न आग्रह गरेका छन् । ओलीले घाइतेहरुलाई भेटेर घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । हिजो भएको दुर्घटना अत्यन्तै दुःखद् छ । यो घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै मृतकका आफन्तप्रति समवेदना व्यक्त गर्न गर्दछु ।’ ओलीले भने, ’दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा कुनैपनि कसर बाँकी नराख्न समेत म सरकारलाई आग्रह गर्दछु ।’ kp-oli-kabhre-accident-1_e7jd3jMvNy

dhullikhel KP Oli

विशेष