News

नेविसंघको सभापतिमा ७ को उम्मेद्वारी

नेविसंघको सभापतिमा ७ को उम्मेद्वारी
Nebisangh-Flagसाउन ३२ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को सभापतिमा ७ जनाको उम्मेद्वारी परेको छ । मंगलबार १२ बजेसम्म तय गरिएको मनोनयन दर्ताका क्रममा कांग्रेस सभापति देउवा पक्षका दुई, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ३ जना र अन्य २ जनाको उम्मेद्वारी परेको छ । सभापति शेरबहादुर देउवा पक्षका नैनसिंह महर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी र लक्ष्मणप्रसाद आचार्य, खुमबहादुर पक्षधर शुभराम बस्नेतले सभापतिमा उम्मेद्वारी दिएका छन्, भने बच्चन कार्की र नगेन्द्र कुमार सिंह ठकुरीको उम्मेद्वारी परेको छ । मनोजमणि आचार्य पौडेल पक्षका आधिकारिक उम्मेद्वार हुन् । यस्तै, कार्की र ठकुरी कुन पक्षका हुन् भन्ने खुलेको छैन् । महामन्त्री पदका लागि नैनसिंह महरको प्यानलबाट महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापाले उम्मेद्वारी दिएका छन् । यस्तै, मनोजमणि आचार्यको प्यानलबाट महामन्त्रीमा दीपक भट्टराई र हिमाल दत्त श्रेष्ठले उम्मेद्वारी दिएका छन् । देउवा पक्षबाट महामन्त्रीमा उम्मेद्वारी दिएका कुन्दनराज काफ्ले कृष्णप्रसाद सिटौला र गगन थापा पक्षका हुन् । देउवा पक्षसँग मिलेर जाने सहमतिपछि काफ्लेले सभापतिमा उम्मेद्वारी नदिएर महामन्त्री पदमा उम्मेद्वारी दिएका हुन् ।

Nebi Sangh Nepali Congress

विशेष