News

'भूकम्पपीडितलाई ५ लाख देऊ' - बाबुराम भट्टराई

'भूकम्पपीडितलाई ५ लाख देऊ' - बाबुराम भट्टराई
baburam bhatgtaraiसाउन - ३२ । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनः निर्माणको काम सुरु नभएकोमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन् । ‘गोरखा पुनः निर्माण सम्भावना र चुनौती’ विषयको अन्तक्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए । 'पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन' सदरमुकाममा मंगलबार भएको कार्यक्रममा भट्टराईले भने 'रु पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले रु ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।' संसद्बाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ । रासस

baburam bhattarai naya shakti party

विशेष