News

भारतीय दूतावासले एम्बुलेन्स तथा शैक्षिक सामाग्री सहयाेग गर्ने

भारतीय दूतावासले एम्बुलेन्स तथा शैक्षिक सामाग्री सहयाेग गर्ने
साउन – ३२ । काठाण्डौस्थित भारतीय राजदूतावास परिसरमा एक सार्वजनिक समारोहकाबीच भारतको ७० औं स्वतन्त्रता दिवस मनाएको छ । भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँने गर्दछ । ???????????????????????????????????? राजदूतले उक्त अवसरमा भारतीय सेनाका भूपू सैनिकका चौधजना विधवा, आश्रित तथा शारीरिक रुपले अशक्तभूपू सैनिकहरुलाई चार करोड रुपैयाँको चेक तथा कम्बल समेत वितरण गरेका छन् । साथै दूतावसले दुर्गम सहित विभिन्न स्थानमा रहेका ५९वटा पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ । दूतावसले अस्पताल तथा गैरनाफामुलक संघसंस्थाहरुलाई ४० वटा एम्बुलेन्स र ८ वटा बस प्रदान गरेको जनाएको छ । भारतीय दूतावासले सम्मपन गरेको योजनामाथि प्रकाश पार्न छोटो वृतचित्र पनि प्रदर्शन गरिएको थियो । सन् १९९४ देखि भारत सरकारले नेपालका ७३ जिल्लाहरुका विभिन्न संस्थाहरुलाई ५८२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको उक्त कार्यक्रममा जानकारी गराइयो । त्यस्तै भारतले नेपालका २५ जिल्लाका विभिन्न शैक्षिक र परोपकारी संस्थाहरुलाई ११४ वटा बसहरु पनि प्रदान गरेको दूतावासले जनाएको छ । भारतको ७० औँ स्वतन्त्रता दिवस कार्यक्रममा भारतीय दूतावासका अधिकारीहरु, उनीहरुका परिवार, भारतीय समुदायका सदस्यहरु र अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम भव्य सांस्कृतिक समारोह गरी समापन गरिएको दूतावसको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Embassy India India Embassy

विशेष