हाइभोल्टेजका कारण २ बालकको ज्यान गयो
साउन ३२ ।रुपन्देहीमा मंगलबार विद्युतको हाइभोल्टेजका कारण लाइन चुटिदा दुई बालकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १२ कालिकानगर अभियान पथमा ११ हजार भोल्टको लाइन चुँडिदा एउटै घरका दुई दाजुभाइको मृत्यु भएको हो ।मृत्यृ हुनेमा रुपन्देही सखुवानी ३ का १० वर्षीय रोहित क्षेत्री र ६ वर्षिय रोहन क्षेत्री रहेका छन् ।
मृतक बालकहरु सखुवानीका गोपाल क्षेत्री र बसन्ती क्षेत्रीका छोराहरु रहेको योगिकुटी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक ताराप्रसाद खनालले जानकारी दिए। मृतकका बाबु ट्याक्टर ड्राइभर र आमा सामान्य ज्याला मजदुरी गर्ने गरेको खनालले बताएका छन् ।
बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पा लैजानको लागि लगिएको विद्युत लाइन दिउँसो साढे १ बजे पोलबाट चुँडिएर सडक किनारमा रहेका बालकहरुमाथि खस्दा उनीहरुको घटनास्थलमै ज्यान गएको हो । सखुवानीबाट साइकलमा उनीहरु बुटवल आएका थिए ।
गर्मी भएका कारण उनीहरु सडक किनारमा रहेको छहारीमा बसकेको बेला विद्युत लाइन चुँडिएको प्रहरीले जनाएको छ।
curent lagera 2 ko mirtue