News

विद्युत लाइन चुंडिदा दुई बालकको ज्यान गयो, स्थानीय विद्युत प्राधिकरणप्रति अक्रोसित

विद्युत लाइन चुंडिदा दुई बालकको ज्यान गयो, स्थानीय विद्युत प्राधिकरणप्रति अक्रोसित
Butawal साउन – ३२ । विद्युतको हाइभोल्टेज लाइन चुंडिएर करेन्ट लाग्दा मंगलबार दिउसो दुई बालकको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १२ कालिकानगर अभियान पथमा ११ हजार भोल्टको लाइन चुंडिदा एउटै घरका दुई दाजुभाइको ज्यान गएको हो । मृत्यु हुनेमा रुपन्देहीको पश्चिम अमुवा ३ सखुवानी का १० वर्षिय रोहित क्षेत्री र ६ वर्षिय रोहन क्षेत्री रहेका छन् । मृतक बालक गोपाल क्षेत्री र बसन्ती क्षेत्रीका माईलो र साईलो छोरा रहेको योगिकुटी स्थीत नगर प्रहरी कार्यालय बुटवलका इन्चार्ज प्रहरी नायब निरिक्षक तारा प्रसाद खनालले जानकारी दिए । अत्यधिक गर्मी भएपछि दुबै बालक सडक किनारमा रहेको छहारीमा बसेको बेला बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखांची र पाल्पा लैजानका लागिएको विद्युत लाईन चुंडिएर सडक किनारमा रहेका बालकहरुमाथी खसेको थियो । मृतक बाबु गोपाल ट्याक्टर चालक हुन भने आमा बसन्ती सामान्य ज्याला मजदुरी गर्दै आइरहेका थिए । दुई छोराको मृत्यु भएपछि आमा बिक्षीप्त बनेकी छन् । स्थानीयले विद्युत लाइन र पोलहरु मर्मत नगरेको भन्दै विद्युत प्राधिकरणप्रति आक्रोस पोखेका छन् । त्यस्तै नेकपा (एमाले) रुपन्देही पनि विद्युत प्राधिकरणले चरम लापरवाही गरेको भन्दै आक्रोसित बनेको छ । एमाले रुपन्देही प्रचार बिभाग प्रमुख तेजेन्द्र केसीले बिज्ञप्ती प्रकाशित गरी सडकमा खेलिरहेका अवोध बालकहरु निधन भएकोमा एमाले स्तव्ध भएको जनाउनु भएको हो । साथै ज्यान गएका बालकका परिवारलाई क्षतिपुर्ती र तत्काल राहतको व्यवस्था गर्न जोडदार माग गर्दछौं बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Butawal child Death

विशेष