News

बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

बस दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
bidhya devi bhandariसाउन ३२ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार काभ्रेको बिर्तादेउराली तथा बैतडीको सिद्धेश्वर वृन्दावनमा भएका छुट्टाछुट्टै बस दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । ती छुट्टाछुट्टै स्थानमा सोमबार भएको बस दुर्घटनामा परी ३० जनाभन्दा बढीको मृत्यु भएको थियो । राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा मंगलबार जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको उल्लेख छ । केही समयदेखि यस प्रकारका सडक दुर्घटनाको क्रम बढेका सन्दर्भमा राष्ट्रपतिले भविष्यमा यस्ता दुःखद् घटना रोक्नेतर्फ आवश्यक कदम चाल्न सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको जनाइएको छ ।

bidhya bhandari Bus accident

विशेष