विदेश

अमेरिकी सेना प्रमुखले दक्षिण कोरियाको भ्रमण गर्ने

अमेरिकी सेना प्रमुखले दक्षिण कोरियाको भ्रमण गर्ने
americas_army_logo_250साउन -३२ । अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी भोलि बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लागेका हुन् । उनले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लागेका दक्षिण कोरियाका सैनिक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । केही समय यतादेखि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । तनावकै यस बीचमा अमेरिकी सेनाका प्रमुखले दक्षिणको भ्रमण गर्न लागेका छन् । उत्तर कोरियाले यस वर्ष धेरै पटकसम्म आणविक परीक्षण गरिरहेको छ । जसका कारण यस कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । उत्तरको सो परीक्षणको विरुद्धमा दक्षिण कोरिया र अमेरिका मिलेर दक्षिण कोरियाली सीमाभित्र उक्त परीक्षणको निरीक्षण गर्ने एक गुप्तचर प्रणाली राख्ने निर्णय गरेका छन् । सो प्रविधिका लागि यस पटकको अमेरिकी सैन्य प्रमुखको भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा अमेरिकी रक्षा मन्त्रालयले भने केही बताएको छैन । रासस÷सिन्ह्वा

americas army south koria

विशेष