आलम्पिक खेल चलिरहेको समयमा ओभरहेड क्यामेरा खस्दा ७ घाइते
साउन – ३२ । रीयो ओलम्पिक पार्कमा ६५ फिट माथिबाट एक ओभरहेड क्यामेरा खस्दा ११ वर्षकी बालिकासहित कम्तीमा सात जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनालाई केबलबाट र दुई जनालाई भने ६०० किलो क्यामेराले चोट लागेको हो । तर यो घटनामा कोही पनि गम्भीर घाइते भने नभएको बताइएको छ । प्रहरीले टिभी क्यामेरा खसेको आसपासको क्षेत्रमा घेराबन्दी गरेको छ ।
प्रत्यक्षदर्शीहरुका अनुसार दुर्घटनाको समयमा ओलम्पिक पार्कमा ठूलो हावाको झोक्का आएको थियो जसको कारण क्यामेरा खस्न पुगेको बताइएको छ ।
क्यामेरा अन्तराष्ट्रिय ओलम्पिक समितिको आधिकारिक प्रसारण एकाइ, ओलम्पिक प्रसारण सेवा (ओ बि एस्) को रहेको जनाएको छ । रिपोर्ट अनुसार, ओलम्पिक सुरक्षा अधिकारीहरुले एक इस्पात केबल उपकरण पकड भङग भएको र क्षेत्र आंशिक पृथक भएको दिनमा नै सजग गराएका थिए ।
एक ग्लोबो समाचार टोली अनुसार, ओ बि एस् प्रतिनिधिले एक तर्फको केबल चुडिँसक्दा पनि क्यामेरा झर्ने जोखिम खारेज गरेको थियो ।
Accident
Camera
Olympic