News

वैद्यद्वारा सुकुम्बासीसम्बन्धी ज्ञापन पत्र पेस

वैद्यद्वारा सुकुम्बासीसम्बन्धी ज्ञापन पत्र पेस

साउन - ३२ । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुकुम्बासीहरुका समस्यासम्बन्धी नाैँ बुँधे ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्रीको कार्यालयमा सुकम्बासीसहित पुगेका उनले जस्तो सुकै भएपनि कम्युनिष्ट प्रधानमन्त्रीको हैसियतमा सुकुम्बासीहरुको समस्या समाधान गर्न आग्रह गरे ।

वैद्यले जे जसरी भएपनि प्रचण्ड दोस्रोपटक कम्युनिष्ट प्रधानमन्त्री भएकाले उनकै पालमा सुकुम्बासीका समस्या समाधान गर्न माग गरे । प्रधानमन्त्री प्रचण्डले सुकम्बासी समस्या गम्भीर विषय भएकाले आफूले सुधारात्मक ढंगले समस्या समाधान गर्ने आश्वासन दिएका छन् । ‘यो समस्यालाई सकेसम्म र्याडिकल्ली नभएपनि सुधारात्मक रुपमा समाधान गर्ने कोशिस गर्नेछु ।’ उनले भने । क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले ९ बुँदे मागसहितको ज्ञापनपत्र पढेर प्रधानमन्त्रीलाई सुनाएका थिए । नेकपा (क्रान्तिकारी माओवादी)का हरिभक्त कँडेल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका महासचिव सन्ध्या प्रधानलगायत सुकुम्बासी नेताहरु पनि ज्ञापन पत्र बुझाउने क्रममा उपस्थित थिए ।

Mohan Baidhay Prachanda puspakamal dahal prachanda Puspakaml Dahal

विशेष