काभ्रे घटनाका आफन्तद्वारा बनेपामा प्रदर्शन
साउन - ३२ । कोशीपारी सडक खण्ड अन्र्तगत काभ्रेको कात्तिके देउराली गाविस विर्ता देउरालीमा बस दुर्घटनामा परी मृत्यु भएका आफन्तले मंगलबार बनेपामा प्रदर्शनमा गरेका छन् । मृतकका आफन्तले क्षतिपूर्ति र पोष्टमार्टमको माग गर्दै प्रर्दशन गरेका हुन् ।
सोमबार काठामाडौंबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा३ख १०६ नं.को यात्रुबाहक बस बिर्ता देउराली स्थित खहरे खोलामा दुर्घटनामा परेको थियो ।
बस ओभर लोड भई ब्याक भएर भीरबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त घटनामा २७ जनाको ज्यान गएको छ, भने ४० जना घाइते भएका छन् । घाइते मध्ये १२ जनालाई धुलिखेल अस्पतालमा र अन्यलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएका घाइतेमध्ये १८ जनाको ट्रमा सेन्टरमा र १० जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
banepama pradasan kavre bus accident