News

हतियार सहित युवक पक्राउ

हतियार सहित युवक पक्राउ
gun fireसाउन ३२ । कन्चनपुरको भिमदत्त नगरपालिकामा हतियार सहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । भिमदत्त नगरपालिका बस्ने ३२ वर्षीय धर्मेन्द्रबहादुर बमलाई घरमा लुकाई छिपाई राखेको नलकटुवा पेस्तोल १ थान, थ्रीनटथ्री राईफलको गोली २ राउण्ड, चरेश जस्तो कालो पदार्थ ३ सय ग्राम र सिरिन्ज ४ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kanchanpur Nepal Police Pakrau

विशेष