News

अनशनरत गङ्गामायाको स्वास्थ्य अवस्था नाजुक, आइसीयुमा राखियो

अनशनरत गङ्गामायाको स्वास्थ्य अवस्था नाजुक, आइसीयुमा राखियो
ganga-maya-adhakari copy साउन ३२ । अनशनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उनलाई अहिले आइसीयुमा राखिएको छ । गत बिहीबारदेखि गङ्गामायाले स्लाइन र औषधि समेत नलिई आमरण अनशन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो । मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार गङ्गामायालाई स्लाइन चढाउन खोज्दा नाडीमा रगत ‘जाम’ भएपछि अहिले घाँटीबाट स्लाइन दिने तयारी भइरहेको छ । आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन् । सोहीअनुसार मानवअधिकारकर्मीले मंगलबार उनलाई अनशनरत वीर अस्पतालमा नै धर्ना दिएका छन् । विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बसेका थिए । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गङ्गामाया एक्लै अनशनलाई निरन्तरता दिइरहेकी छिन् । रासस

ganga maya icu ma

विशेष