
साउन - ३२ । अनेरास्वबियूले प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलार्इ मंगलबार ज्ञापन पत्र बुझाएकाे छ ।
साेमबार काभ्रेमा भएकाे दुखतपूर्ण बस दुर्घटनामा ज्यान गुमाउन तथा घाइते परिवारलाई उचित क्षतिपुर्तीकाे माग गर्दै अनेरास्वबियूले ज्ञापन पत्र बुझाएकाे हाे ।
अनेरास्वबियूले निःशुल्क उपचार, टुहुरा भएका बालबालिकालाई निःशुल्क शिक्षा र सिन्डिकेटको अन्त्यलगायतका माग राखेकाे अनेरास्वबियू अध्यक्ष नविना लामाले बताइन् ।
साेमबार काभ्रेकाे बिर्ता देउरालीमा बस दुर्घटनामा २७ जनाकाे ज्यान गएकाे थियाे भने ४० घाइते भएका थिए । घाइतेकाे अहिले बनेपाकाे धुलिखेल अस्पताल र काठमाडाैंस्थित टिचिङ र ट्रमामा उपचार भइरहेकाे छ ।
Anerawobiyu
Nabina Lama