News

भाटभटेनी सुपरमार्केटको यस्तो कारोवार, माथिल्लो तलामा हुंदो रहेछ गैरकानूनी धन्दा

भाटभटेनी सुपरमार्केटको यस्तो कारोवार, माथिल्लो तलामा हुंदो रहेछ गैरकानूनी धन्दा
Bhat-Bhatini साउन - ३२ । भाटभटेनी सुपरमार्केटको संजाल देशव्यापी बन्दैछ । नाङ्लोमा व्यापार गरेका मिनबहादुर गुरुङ छोटो अबधीमा सफल व्यवसायी भएको भन्दै उनको प्रसंशापनि गरिन्छ । तर, मंगलबारको दृश्यले मिनबहादुरको व्यवसायिक सफलतामा गम्भीर प्रश्न उब्जाएको छ । चावहिलस्थित भाटभटेनी सुपरमार्केटमा दुई थरी कमजोरी भेटियो । एउटा सस्तो माललाईपनि अत्याधिक मूल्यमा बेचेर कालो बजारी गरेको पाइयो । अर्को, सुपरमार्केटकै माथिल्लो तल्लामा मिति गुज्रिएका खाद्य सामाग्रीको लेबल फेर्ने काम गरिएको रंगे हात फेला प-यो । पूर्व सेनापति छत्रमान गुरुङका सम्धी तथा प्रधानमन्त्री प्रचण्डका नजिकका व्यवसायिक ठानिएका गुरुङको पहुंच र प्रभाव हेर्दा कारवाही हुंनेमा आंशका व्यक्त गरिएको छ । भेटियो के ? भाटभटेनीको १२ वटा शाखामा खाद्य उत्पादन पठाउने प्रोडक्ट चावहिलस्थित शाखामा रहेको छ । यो शाखामा सन् २०१३ सम्ममात्र खान योग्य सामाग्रीसमेत राखिएको र लेबल फेरिदै गरिएको भेटियो । अनुगमन टोलीले लगत्तै सो प्रोडक्ट राखिएको स्टोरमा सिलबन्दी गरेको छ । डङ्गुरका डङ्गुर सामाग्रीलाई लेबल फेरेरै बजारमा पठाउन लागिइएको फेला परेपछि भाटभटेनीको गुणस्तरमाथि कठोर प्रश्न तेर्सिएको छ ।

Bhat Bhatini

विशेष