News

दाउन्नेमा जिप दुर्घटना, ४ को मृत्यु १० घाईते

दाउन्नेमा जिप दुर्घटना, ४ को मृत्यु १० घाईते
Jeep Accident साउन - ३२ । नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्नेमा मंगलबार दिउसो जिप दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जना घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार करिव दिउसाे ३ बजे उक्त घटना भएकाे थियाे । पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना १ ज १३,१७ नम्बरको जिप व्रेक फेल भई ना ६ ख ५०,७३ नम्बरको ट्रकमा ठोकिएकाे थियाे । जिप ट्रकसँग ठक्कर खाँदा भित्तामा ठोकिन पुग्दी दुर्घटना भएको प्रहरीले जनाएकाे छ । ३ जनाको घटना स्थलमै ज्यान गएकाे छ भने एक जना महिलाको बर्दघाटको संजीवनी हेल्थ क्निकमा उपचारको क्रममा मृत्यु भएकाे छ। मृत्यु हुने मध्ये २ जना को सनाखत भएको छ । सनाखत हुनेमा शुक्रौली ८ बस्ने २८ वर्षको जिप चालक सुधाखर पाण्डे र भारतको धर्मपुर बस्ने २६ वर्षको चिन्टु साहानी रहेका छन । दुई जना महिलाको सनाखत हुन बाँकी छ । घाईते सबैलाई उपचारका लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Accident Accident of nepal

विशेष