विदेश

राज्य विद्रोह 'कू' गर्नेलाई मृत्युदण्डको सजाय नहुने

राज्य विद्रोह 'कू' गर्नेलाई मृत्युदण्डको सजाय नहुने
tourkeyसाउन ३२ । टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोह कू मा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् । उनले संचारमाध्यममा चर्चा गरिएअनुसार उनीहरुमाथि मृत्युदण्डको सजाय नहुने मङ्गलबार प्रधानमन्त्रीले प्रष्ट पारेका हुन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने बताएका छन् । टर्कीमा सन् २००४ देखि मृत्युदण्डको प्रावधानलाई हटाइएको छ । राष्ट्रपतिको यो घोषणाले युरोपियन युनियन (ईयू)लाई स्तब्ध पारेको ईयूले प्रतिक्रिया दिँदै आएको थियो । ईयूले टर्कीलाई यदि मृत्युदण्डको सजायलाई पुनः अभ्यासमा ल्याए ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी दिएको थियो । ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेका बताइँदै आएको छ । कुनै पनि घटनाको दोषीलाई एकैपटक मार्ने (मृत्युदण्ड) दिने कुराभन्दा नागरिकले गरेको कर्तुत हेरी अन्य कडा कानुनी कारबाही पनि गर्न सकिन्छ । मृत्युदण्डभन्दा कठोर तर हेर्दा सामान्य लाग्ने सजाय पनि विश्वमा अभ्यासमा रहेका छन् । कसैलाई आजीवन काराबासको सजाय तोक्नु मृत्युदण्डभन्दा कम कठोर हुँदैन, प्रधानमन्त्री इल्दिरिम सजायको स्वरुपबारे प्रतिक्रिया दिए । राष्ट्रपति एर्डोगानले यदि नागरिकले मृत्युदण्डको प्रावधानलाई फिर्ता ल्याउने कुरालाई अनुमोदन गर्छन् भने सरकार यसका लागि तयार हुने भनी एक महिना पहिले प्रतिक्रिया दिएका थिए ।

saineklai mafi Turkey

विशेष