News

किर्ते गर्ने गाविस सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर

किर्ते गर्ने गाविस सचिवविरुद्ध विशेष अदालतमा मुद्धा दायर
akhtiyar साउन ३२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा कीर्ते भर्पाइ तयार गरी सामाजिक सुरक्षा भत्ता निकाली भ्रष्टाचार गरेका एक गाविस सचिवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । बाँके कटकुइया गाविसका तत्कालीन सचिव हृदयनारायण मिश्रले २०६५ र २०६६ सम्म कटकुइया गाविसको सचिव हुँदा जिविस बाँकेबाट निकासा प्राप्त भएको रु ४४ हजार ८०० सामाजिक सुरक्षा भत्तावापतको रकम वितरणमा सरकारी सम्पत्ति वदनियतसाथ हानी नोक्सानी गरेको देखिँदा उनीविरुद्ध बिगो रु ४४ हजार ८०० मागदाबी लिई मंगलबार आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । रासस  

gabisa sachib pakrau

विशेष