काभ्रे बस दुर्घटना मृत्यु हुनेको संख्या ४० पुग्यो

साउन - ३२ । साेमबार काभ्रेमा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या ४० पुगेकाे छ भने घाइते ४० जना रहेका प्रहरीले जनाएकाे छ । घाइतेहरुको धुलिखेल अस्पताल, ट्रमा सेन्टर र टिचिङ अस्पतालमा उपचार भैरहेको छ ।
साेमबार काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली खहरेखोला नजिकै दुर्घटना भएकाे थियाे ।
Accident
Kabhre
