
साउन - ३२ । भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा रहेको भाटभटेनी फुड प्रोडक्र्टस आफ्नो नभएको प्रष्टिकरण दिएका छन् । नेपाल आजसँग कुरा संचालक गुरुङले भाटभटेनी फुड प्रडक्ट र भाटभटेनी सुपरमार्केटका बीचमा कुनै सम्बन्ध नरहेको प्रष्टिकरण दिए ।
[su_pullquote align="right"]भाटभटेनी सुपरमार्केटका १२ वटै शाखामा जिरा, मसला, नुन, मैदा, सोयाबिन, बदाम, मेसनको मैदा, सुजी र थरिथरिका दाल सप्लाइ गर्ने गरेको बताएका थिए ।[/su_pullquote]
फुड प्रोडक्टको जिम्मेवारी सम्हालिरहेका अरुण खण्डेलवालले भने अनुगमनका क्रममा आफ्नो प्रोडक्टले भाटभटेनी सुपरमार्केटका १२ वटै शाखामा जिरा, मसला, नुन, मैदा, सोयाबिन, बदाम, मेसनको मैदा, सुजी र थरिथरिका दाल सप्लाइ गर्ने गरेको बताएका थिए । त्यहाँ तीन बर्षअघि नै म्याद सकिएका सामाग्री भेटिएको थियो । कतिपयको लेभल हटाएर नयाँ लेभल लगाइएको पाइएको थियो ।
अखाद्य बस्तु भेटिएपछि सो प्रोडक्टमा अनुगमन टोलीले सिलबन्दी गरेको छ ।
र याे पनि