News

सडक दुर्घटनाप्रति सम्बेदनशील हुन मन्त्री लेखकको निर्देशन

सडक दुर्घटनाप्रति सम्बेदनशील हुन मन्त्री लेखकको निर्देशन
Ramesh Lekhak साउन - ३२ । भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले मुलुकमा पछिल्लो समय सडक दुर्घटनाका घटना बढेपछि सरोकारवाला पक्षलाई आज मन्त्रालयमा बोलाएर त्यस विषयमा गम्भीर चासो दिएका छन् । सो अवसरमा उनले सोमबार काभ्रेमा भएको सडक दुर्घटनालाई गम्भीर र सम्बेदनशील घटनाको रुपमा लिएर यातायातसम्बन्धी कानुनलाई कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिए । सो छलफलमा मन्त्रालयका सचिव, विभागीय प्रमुख, यातायात व्यवसायी, सडक विभाग, नेपाल प्रहरी र उपत्यका ट्राफिक कार्यालयका उच्च पदाधिकारी सहभागी थिए । त्यस अवसरमा मन्त्री लेखकले भने– ‘‘सडक दुर्घटना ज्यादै बढेको छ । यो अत्यन्त सम्बेदनशील कुरा हो । हिजो काभ्रेको बस दुर्घटनाका घाइते भेट्न अस्पताल गएकोमा त्योभन्दा पहिला ओखलढुङ्गामा भएको अर्काे दुर्घटनाका घाइते पो भेटिएको अवस्था छ ।’’ प्रहरी चालकलाई, चालक साहुलाई, साहु सडकलाई दोष दिएर अब कति उम्कन सकिन्छ भन्दै मन्त्री लेखकले दुर्घटनापछिको अनुसन्धानका प्रतिवेदन र कानुन कार्यान्वयन नहुनुको कारणका बारेमा खोजी हुनुपर्नेमा जोड दिए। काठमाडौँबाट काभ्रेको कातिके देउरालीका लागि सोमबार छुटेको यात्रुबाहक बस बिर्ता देउरालीमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

Ramesh Lekhak road accident

विशेष