धुर्मुस सुन्तलीलाई प्रधानमन्त्रीको साथ, एक महिनाको तलब धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने
भदौ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलब धर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् ।
भूकम्पपछि धुर्मुस सुन्तलीले चलाएको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईंहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ,’ प्रधानमन्त्रीले भने,’ म तपाईंहरुको अभियानमा सँगै छु , अहिलेको लागि मेरो पहिलो महिनाको व्यक्तिगत लतब तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्छु ।’ प्रधामन्त्रीसँगको भेटमा धुर्मुस सुन्तलीले आफूहरुलाई सरकारलाई दूत नियुक्ति गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका पर्याप्त अधिकार नभएको गुनासो गरे ।
Dhurmus Suntali