ताजा खबर प्रवास रोजगार News

नेपाली चेली जोलि अमात्य संयुक्त राष्ट्रसंघको युवा सम्मेलनको अध्यक्ष

नेपाली चेली जोलि अमात्य संयुक्त राष्ट्रसंघको युवा सम्मेलनको अध्यक्ष

Jolly Amatya भदौ १ । अरिकाको न्युयोर्कमा बस्दै आएकी नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ । सयुक्त राष्ट्र संघको इतिहास मै नेपाली चेली उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् ।

पिता जगदिसमान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठ सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् । जोलीले युवा सभा सयुक्त राष्ट्र संघको सबै भन्दा ठूलो तथा लामो चलिरहेको युवा सम्मेलन हो । यस्ले असाधारण युवा, संयुक्त राष्ट्र उच्च अधिकारीहरु , कर्मचारी, निजी क्षेत्र तथा नागरिक समाजबीच साझेदारीलाई उत्पादन गराउने जोलीले बताइन् । उक्त पदमा नियुक्त भएपछि ९७ राष्ट्रका १ हजार भन्दा ज्यादा सहभागीलाई आफूले नेतृत्व गर्न पाएकोमा हर्षको सीमा नरहेको उनले बताईन ।

Jolly Amatya

विशेष