विदेश

अन्ना हजारे रामलिला मैदानमा दोस्रो पटक अनसन बस्दै

अन्ना हजारे रामलिला मैदानमा दोस्रो पटक अनसन बस्दै
Anna_Hazareभदौ – १ । भारतीय समाजसेवी अन्ना हजारे फेरी अनसन बस्ने भएका छन् । पाँच वर्ष पहिले पनि भ्रष्टचार विरुद्ध अनसन बसेका हजारे फेरि अनसन बस्न लागेका हुन् । हजारेले दिल्लीको रामलीला मैदानमा लोकपाल विधेयक विरुद्ध अनसन गर्न लागेका हुन् । लोकपाल पारित भइसकेको भएपनि सहमतिको बाबजुद मोदी सरकारको केन्द्रले लोकपालको गठन गरेको छैन् । हजारेले भने, ‘हाम्रो जुन माग थियो त्यो अझै पुरा भएको छैन् यदि हाम्रो संगठन भएको भए सायद हाम्रो सपना पुरा हुने थियो तर हाम्रो संगठन टुट्यो ।’ उनले अब नयाँ तरिकाबाट आन्दोलन गर्ने भएका छन् । धेरै जनाको दिमागमा राजनीतिको भूत चढेको र आफ्नो पार्टी छोडेको कोही मान्छेहरुले अर्को पार्टीमा प्रवेश गरेकोले उनको संगठनको शक्ति कम भएको र हामीले देखेको सपना पूरा नभई रहेकोले नयाँ संगठन खडा गरेर त्यो सपनालाई साकार गर्ने कोसिसमा लागेको हजारेले बताएका छन् । अब उनको संगठनमा जो प्रवेश गर्दछ उसलाई शपथ ग्रहण गर्न लगाइने छ । उनको संगठनमा आबद्ध कोही व्यक्ति राजनीतिक पार्टीमा आबद्ध हुने छैनन् , चुनाव लड्ने छैनन र संगठनको आंचारसहितामा बस्नेछन् । तर उनी भन्छन उनको संगठनले कुनै पक्ष वा पार्टीको विरोधमा आन्दोलन गर्ने छैन् । उनका अनुसार यदि मोदी सरकारले लोकपाल विधेयकको गठन नगरे रामलीला मैदानमा बस्ने चेतावनी दिएका छन् ।

Anna Hazare

विशेष