देश News

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता

उपप्रधानमन्त्री महरा र चिनियाँ प्रधानमन्त्री लीबीच भेटवार्ता
Mahara china भदौ - १ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछयाङसित बेइजिङमा भेटवार्ता भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आधाघन्टा कुराकानी भएको उपप्रधानमन्त्री महराका सञ्चार सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिएका छन् । चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा उनहरु बीचमा कुराकानी भएको थियो । सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफू नेपाल भ्रमण गर्न सकारात्मक भएको उपप्रधानमन्त्री महरालाई जानकारी गराएका थिए। ती उच्चस्तरीय भ्रमणका लागि दुवै देशका परराष्ट्र मन्त्रालय तदारुकताका साथ आवश्यक तयारी गर्नेबारे पनि उनहरुका बीच कुराकानी भएको थियो । उक्त विषयमा उपप्रधानमन्त्री महरा र प्रधानमन्त्री लीका बीचमा आपसी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो । त्यसैगरी भेटवार्तामा दुई देशको भ्रमणका विषयमा उपप्रधानमन्त्री महराले प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश चीनका प्रधानमन्त्रीलाई सुनाएका थिए । चिनियाँ प्रधानमन्त्री लीले दुई देशबीचको सम्बन्धलाई थप मजबुद बनाएर लैजान चीनको चाहना रहेको उपप्रधानमन्त्री महरालाई अवगत गराएका थिए। यसैगरी उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मङ्गलबार भेटवार्ता गरेका थिए। सो भेटमा उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र दिएका थिए । प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गरेका थिए। रासस

China China nepal Krishna Bahadur Mahara

विशेष