फेरि अान्दाेलन गर्ने डा केसीकाे चेतावनी
भदाै - १ । डा गाेविन्द केसीले फेरि अान्दाेलन गर्ने चेतावनी दिएका छन् । बुधबार शिक्षण अस्पताल, महाराजगन्ज परिसरमा पत्रकार सम्मेलन गरी केसीले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
सरकारले आफूसँगको सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै डा केसीले अाराेप लगाएका छन् । यस्तै स्थिति कायम रहे फेरि आन्दोलन गर्ने बताएका डा केसीले बताए । उनले आगामी शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सम्झौता कार्यान्वयनका लागि दबाब दिने बताएका छन् ।
स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग राखेर डा. केसी अाठाैँ पटक अनशन बसिसकेका छन् । सरकारसँग चार बुँदे सम्झाैता पछि उनले अनशन ताेडेका थिए ।
डा केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा महाअभियोगको प्रक्रिया अघि अडान कायमै छ ।
Dr. Gobinda Kc