विदेश

स्वतन्त्र दिवसको चङ्गाले लियो ३ जनाको ज्यान

स्वतन्त्र दिवसको चङ्गाले लियो ३ जनाको ज्यान
IN16_I-DAY_163614f भदौ – १ । भारतमा स्वतन्त्र दिवसको अवसरमा सिसाको माजा लगाएर चङ्गाहरु उडाउने र प्रतिस्पर्धा गर्ने चलन छ । तर, यसले बेलाबेलामा दुर्घटना निम्त्याउने गरेको छ । भारतको ७०औँ स्वन्त्रता दिवसको अवसरमा उडाइएको चङ्गाको धागोले घाँटी रेटिँदा राजधानी नयाँ दिल्लीमा २ बालबालिकासहित ३ जनाको मृत्यु भएको छ । मारिनेमा २ वर्षीय साँची गोल र ४ वर्षीय ह्यारी गोयलोका घाँटीमा सीसाको टुक्राहरुको माजा लगाइएको धागो रेटिएको थियो । त्यस्तै २२ वर्षीय जफार खान मोटरसाइकल चलाइरहेको बेला उनको घाँटीमा चङ्गाको धागो बेरिएको थियो । नयाँ दिल्लीमा एक प्रहरी समेत घाइते भएका थिए । दिल्लीमा रहेको च्यारिटी बर्ड हस्पिटलमा पछिल्ला केही दिनमा ५०० वटा घाइते चराहरुको उपचार भइसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

Indian independence day Kite kill three

विशेष