फुड News

राम्रो भनिएको 'डिडिसी'मै भेटियो म्याद नांघेको एक लाख किलो पाउडर दूध

राम्रो भनिएको 'डिडिसी'मै भेटियो म्याद नांघेको एक लाख किलो पाउडर दूध
DDC भदौ – १ । सरकारी स्वामित्वमा रहेका नेपालको एक मात्र दुग्ध विकास संस्थान(डिडिसी)मै म्याद गुज्रिएको १ लाख किलो पाउडर दूध भेटिएको छ । आपूर्ति व्यवस्था तथा उपभोक्त हित संरक्षण विभागले बुधबार बालजु प्रशोधन केन्द्रमा गरेको अनुगमनका क्रममा चार हजार बोरा अर्थात १ लाख किलो पाउडर दूधको बोलमा रि–लेभलिङ गरिएको अवस्थामा भेटिएको हो । म्याद गुज्रेको पाउडर दूध भेटिएपछि बालजु स्थिति प्रशोधन केन्द्रमा शिलबन्दी गरिएको छ । ठूलो परिणाममा म्याद गुज्रेको पाउडर दूध मेटिएकाले प्रयोग नहोस भनेर प्रशोधन केन्द्र शिल गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । अनुगमन टोलीले पाउडर दूधको नमूना संकलन गरेको छ । दूधको नमूना परीक्षण असफल भए सबै दूधका बोरा नष्ट गरिने बताइएको छ ।

DDC DDC Pauper Milk

विशेष