राजनीति News

नेवि संघको मतदान जारी

नेवि संघको मतदान जारी
nebi-sangh-logo-nepalaaja भदाै - १ । नेपाल विद्याथी संघ(नेवि संघ)को ११ औँे मतदान जारी छ । लगभग १४ सय जनाले मतदान गरिसकेका छन् । निर्वाचन तालिकाअनुसार प्रारम्भ भएको मतदान ७ बजेसम्मका लागि तय भएको थियो । मतदान प्रत्रिया नसकिएपछि राति १० बजेसम्मका लागि थप गरिएको छ । साँझ सात बजे एक सूचना जारी गर्दै १० बजेसम्मका लागि मतदानको लाइनमा बस्न भनिएको थियो । लामो विवादपछि नेवि संघको उम्मेदवारको चयन हुन लागेको हो । नौ वर्षपछि हुन लागेको नेवि संघको महाधिवेशनमा ८ जनाले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । साउन २२ बाट सुर गरेर २४ गते सक्ने भनिएको महाधिवेशन भागबण्डा नमिल्दा लामो समयसम्म अन्योलमा रह्यो । यो महाधिवेशनले दुई बर्षका लागि नयाँ पदाधिकारी चयन गर्ने छ ।

Nebi Sangh

विशेष