खेल News

फुटबलमा नयाँ किर्तिमान १५ सेकेण्डमै गोल

फुटबलमा नयाँ किर्तिमान १५ सेकेण्डमै गोल

Goal

भदौ २ । ब्राजिलका कप्तान नेइमारले ओलम्पिकमा सबै भन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका छन् । रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा होन्डुरससँगको खेलमा नेइमारले खेल सुरुभएको झण्डै १५ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् । यो ओलम्पिकको फुटबल इतिहासमा अहिलेसम्मकै सबै भन्दा छिटो भएको गोल हो । ब्राजिलले होन्डुरसलाई ६–० ले हराउने क्रममा नेइमारले १५ सेकेण्डमै गोल गरेर सुरुवाति अग्रता दिलाएका हुन् ।

नेमारले यही ओलम्पिकमा महिला फुटबल अन्तर्गत अस्ट्रेलियासँगको खेलमा क्यानडाकी जनिन बेकरले बनाएको कीर्तिमान तोडेका हुन् । बेकरले अगस्ट ४ मा भएको खेलमा २० सेकेण्डमै गोल गरेकी थिइन् । होन्डुरससँगको खेलमा ब्राजिललाई जिताउन नेइमार र गाब्रिएल जिससले दुई दुई तथा लुआन र मार्किनुसले एक एक गोल गरे ।

Fooball

विशेष