नेविसंघको मतदान सकियो मतगणनाको तयारी
भदौ २ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ । बुधबार दिउँसोदेखि भएको मतदान बिहीबार बिहान सकिएको हो । उम्मेदवार धेरै भएकाले मतदानमा ढिलाई भएको हो । मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । नेविसंघको नयाँ नेतृत्वको लागि भएको चुनावमा झण्डै ३२ सय जनाले भोट हालेका छन् ।
नेविसंघको एक अध्यक्षका लागि ८ जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लागि ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् । मतदानस्थल कांग्रेसको पार्टी कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Nepal Student Union